शिक्षा

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

इकागज | फागुन २८, २०८०

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । 

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । 

नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक÷सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ ।
रासस

अनुचित व्यापार अभ्यासका लागि एयरबिएनबीलाई दक्षिण कोरियामा जरिवाना

इकागज | फागुन २८, २०८०

काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले एयरबिएनबीलाई जरिवाना तोक्नुका साथै सुधारात्मक उपायहरू अप...

नासाको अन्तरिक्ष यानले बृहस्पतिको चन्द्रमाका लागि बोक्ने विशेष सन्देशमा के लेखिएको छ ?

इकागज | फागुन २७, २०८०

काठमाडौँ- अक्टोबरमा प्रक्षेपणको तयारी गरिएको नासाको युरोपा क्लिपर मिसनले बृहस्पतिको चिसो चन्द्रमाको सतह ...

रुसी ह्याकरले आफ्ना प्रणालीमा आक्रमणको प्रयास गरिरहेको माइक्रोसफ्टको आरोप

इकागज | फागुन २६, २०८०

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले आफ्नो प्रणालीमा रुसी ह्याकरले आक्रमण गर्ने प्रयास गरिरहेक...

अमेरिकी हाउस प्यानेलले अनुमोदन गर्‍यो टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक

इकागज | फागुन २५, २०८०

काठमाडौँ- अमेरिकी कंग्रेसनल प्यानेलले चिनियाँ कम्पनीअन्तर्गतको टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अथवा उक्त ए...

अपस्किल नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कार्यक्रम गर्दै

इकागज | फागुन २४, २०८०

काठमाडौँ- अपस्किल नेपाल डिजिटल मार्केटिङमा डिप्लोमा पेशेवर र महत्वाकांक्षी मार्केटरहरूका लागि ३-महिने क...

भारतमा डाटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, ५ सय देखि १२ सय करोड खर्च हुन सक्ने

इकागज | फागुन २३, २०८०

काठमाडौँ- फेसबुकको माउ कम्पनी मेटाले भारतमा डाटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । हिन्दुस्तान टा...

४५ मिलियन डलर लगानी गरेको मस्कमाथि ओपनआईलाई टेस्लासँग मर्ज गर्न खोजेको आरोप

इकागज | फागुन २३, २०८०

काठमाडौँ- सर्वाधिक मूल्यवान एआई स्टार्टअप ओपनआईले आफूमाथि एलन मस्कले लगाएको सबै आरोप निराधार रहेको जना...