स्थानीय तह निर्वाचन २०७९

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

इकागज | जेठ ४, २०७९

नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)विजयी भएको छ । 

अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् । 

थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गरेका हुन् । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गरे । 

उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याइन् । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । 

यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिए । रासस

दाङको घोराही उपमहानगरमा एमालेका चौधरीको अग्रता, माओवादीका शर्माभन्दा ५०६७ मतले अगाडि

इकागज | जेठ ४, २०७९

दाङ– दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरीले अग्रता फराकिलो बनाएका छन् । ...

ललितपुरमा चिरीबाबुकै अग्रता, उपमेयरमा उम्मेदवारविहीन कांग्रेसलाई ३५०९ मत

इकागज | जेठ ४, २०७९

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले मतान्तर फराकिलो बना...

मोहन्यालमा अध्यक्ष–उपाध्यक्षसहित कांग्रेस–माओवादीलाई दुई तिहाइ, एमाले एक वडामा सीमित

इकागज | जेठ ४, २०७९

काठमाडौँ - कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ‘हिमशि...