स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

साढे पाँच सय पालिकाको नतिजा सार्वजनिक: झण्डै आधामा कांग्रेसको जित, अरु कसले कति जिते ?

इकागज | जेठ ५, २०७९

काठमाडौँ - स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरका आधा बढी पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका ५५० पलिकामध्ये सबै बढी नेपाली कांग्रेसले जितेको छ । 

कांग्रेसले हालसम्म झण्डै साढे दुई सय पालिकामा जित हात पारेको छ । हालसम्म कांग्रेसले २४६ पालिका प्रमुखमा जित हात पारेको छ । कांग्रेस अझै ७४ पालिकामा अग्र स्थानमा छ । 

उपप्रमखुमा पनि कांग्रेस पहिलो नै छ । कांग्रेसले हालसम्म २२७ पालिकामा उपप्रमुख जितेको छ भने ७१ पालिका उपप्रमुखमा अग्रता बनाएको छ । 

हालसम्म दोस्रो पार्टीका रूपमा देखिएको एमाले कांग्रेसभन्दा निकै पछि छ । एमालेले हालसम्म १५५ पालिका प्रमुख जितेको छ भने ४१ पालिकामा अग्रता बनाएको छ । एमालेले १६६ पालिकामा उपप्रमुख जितेको छ भने ६८ पालिकामा अग्रता बनाएको छ । 

तेस्रोमा रहेको माओवादी केन्द्रले हालसम्म १०४ पालिका प्रमुख जितेको छ भने १३ पालिकामा अगाडि छ । माओवादीले ११० पालिकामा उपप्रमुख जित्दा १६ पालिकामा अग्रता बनाएको छ । 

हालसम्मको परिणामअनुसार जसपा चौथो दलका रूपमा रहेको छ । १४ पालिका प्रमुख जितेको छ भने २० पालिकामा अग्रता बनाएको छ । १३ उपप्रमुख जितेको जसपा १४ पालिकामा अगाडि छ । 

नेकपा एकीकृत समाजवादीले हालसम्म १० पालिका जितेको छ भने १० पालिकामा अगाडि छ । १७ पालिकामा उपप्रमुख जितेको समाजवादी ३ पालिकामा अगाडि छ । 

लोसपाले एक पालिका प्रमुख जितेको छ भने ११ पालिकामा अगाडि छ । 

माथि उल्लेखित प्रमुख दलहरूभन्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि धेरै पालिकामा जित हात पारेका छन् । हालसम्म १९ पालिकामा अन्य उम्मेदवार विजयी भएका छन् भने १३ पालिकामा अग्रता छ । उनीहरूले १२ पालिकामा उपप्रमुख जित्दा अझै ५ पालिकामा अग्रता बनाएका छन् । 


 

टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा निर्वाचित

इकागज | जेठ ५, २०७९

कैलाली - कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्व...

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, दोस्रोमा माओवादी

इकागज | जेठ ५, २०७९

बुटवल - स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका ...

भरतपुरमा रेनुले बढाइन् अग्रता, विजयभन्दा तीन हजार मतान्तरले अगाडि

इकागज | जेठ ५, २०७९

काठमाडौँ - भरतपुर महानगरपालिकामा नेकपा माओवादीका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले प्रतिद्वन्द्वी उ...

घोराही उपमहानगरपालिकामा एमाले विजयी, प्रमुखमा नरुलाल चौधरी पुन: निर्वाचित

इकागज | जेठ ५, २०७९

काठमाडौँ - घोराही उपमहानगरपालिका प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् । च...

मोरङको बुढीगंगा हाँक्ने जिम्मा जीतनारायण र अमृतालाई

विराटनगर । मोरङको १७ पालिकाहरु मध्ये पछिल्लो पटक बुढीगंगा गाउँपालिकाको मतपरिणाम सार्वजनिक हुँदा अध्यक्...