स्थानीय तह निर्वाचन २०७९

रेनुले बढाइन् अग्रता

इकागज | जेठ ५, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मेयरका नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार २ सय ५८ मतले अग्रता लिएकी छन् ।  ४२ हजार ७ सय ५० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले १६ हजार २ सय ३५ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६ सय ८७ मत ल्याएका छन् ।

उपमेयरका उम्मेवार चित्रसेन अधिकारी १८ हजार ७ सय ७६ र हिमला गुरुङले १० हजार ४ सय १९ ल्याएकी छन् ।

महानगरमा मतदाता १ लाख ८५ हजार ७ सय ५२ जना छन् ।  २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । ६८ दशमलव ६८ प्रतिशत खसेको हो ।

 

 

जुम्लाका आठमध्ये पाँच पालिकामा कांग्रेस विजयी, माओवादीले दुई जित्दा एमाले शून्य

इकागज | जेठ ५, २०७९

जुम्ला – जुम्लाको ८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । मतपरिणामअनुसार जिल्लाका पाँच...

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकै अग्रता, कटाए १५ हजार मत, कांग्रेसका वडभन्दा ७ हजारले अगाडि

इकागज | जेठ ५, २०७९

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृत ...