स्थानीय तह निर्वाचन २०७९

पोखरा महानगरमा धनराजको अग्रता कायमै, एमालेका थापा २८ सय बढी मतले पछाडि

इकागज | जेठ ५, २०७९

पोखरा – पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । आचार्यले एमालेका उम्मेदवार कृष्ण थापा भन्दा २ हजार ८ सय ४५ मत बढी ल्याएका छन् । 

हालसम्म ५८ हजार १ सय २२ मत गणना हुँदा आचार्यले २४ हजार ३२ मत पाएका छन् भने एमालेका थापाले २१ हजार १ सय ८७ मत प्राप्त गरेका छन् ।  

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । उनले २४ हजार ३ सय ४ मत प्राप्त गरेकी छिन् ।

उनकी प्रतिस्पर्धी एमालेकी मञ्जु गुरुङले २४ हजार २ सय ६ मत ल्याएकी छिन् । 
 

बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

इकागज | जेठ ५, २०७९

काठमाडौं –महाेत्तरीकाे बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका...

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, कांग्रेसका वडभन्दा ८२९२ मतले अगाडि

इकागज | जेठ ५, २०७९

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो ...