स्थानीय तह निर्वाचन २०७९

उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

इकागज | जेठ ४, २०७९

काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि पनि उक्त पालिकाका अध्यक्ष थिए ।

उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिइन् । सावित्री सुनुवार यसअघि वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको थियो ।

६ महानगरमा एमालेको दुर्गति: पाँचमा गठबन्धन अगाडि, काठमाडौँमा स्वतन्त्रको वर्चश्व

इकागज | जेठ ४, २०७९

काठमाडौँ - विभिन्न पालिकाको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार ६ महानगरमध्ये दुईमा न...

मध्यपुर थिमि नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

इकागज | जेठ ४, २०७९

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ निकट...

झापाको हल्दिवारीमा राप्रपाको दोस्रो जित, प्रमुखमा रविन्द्रप्रसाद लिङ्देन विजयी

इकागज | जेठ ४, २०७९

काठमाडौँ - झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् । लिङ्देन ...

ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

इकागज | जेठ ४, २०७९

काठमाडौँ- तनहुँ ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्&nb...