स्थानीय तह निर्वाचन २०७९

मकवानपुरमा एक 'नो भोट'

इकागज | जेठ ३, २०७९

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा एक मतदाताले मतपत्रमा 'नो भोट' लेखेर पेटिकामा हालेको पाइएको छ । मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाइएको हो ।

उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाईएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न बाध्य बनाएको मतगणनामा सहभागी प्रतिनिधिहरूको भनाइ छ ।

सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो । 

निर्वाचनमा धाँधली भयो, निर्वाचन आयोग मूकदर्शक भएर बसेको छ :  लक्ष्मणलाल कर्ण

इकागज | जेठ ३, २०७९

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप ...

गठबन्धन सफल भएन, कांग्रेस-माओवादीले सेटिङ गरेर लाभ लिए : बाबुराम भट्टराई

इकागज | जेठ ३, २०७९

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाली कांग्रेस र ...

धनगढीमा ‘आँप’कै वर्चस्व, स्वतन्त्र उम्मेदवार हमाल फराकिलो बनाउँदै मतान्तर

इकागज | जेठ ३, २०७९

काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्नो अग्रता अझै ...