स्थानीय तह निर्वाचन २०७९

जाजरकोटको नलगाडका मेयरमा माओवादी केन्द्र र उप मेयरमा कांग्रेस विजयी

इकागज | जेठ ३, २०७९

जाजरकोट- ​नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नाै सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एमालेकी बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।

ताप्लेजुङको सिरीजङ्घामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

इकागज | जेठ ३, २०७९

काठमाडौँ– ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान विजयी भएका ...

पाँचथरको मिक्लाजुङ अध्यक्षमा मा‌‌ओवादीका अमर दोस्रो पटक पनि निर्वाचित

इकागज | जेठ ३, २०७९

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका ...