स्थानीय तह निर्वाचन २०७९

कांग्रेस बागमती सभापति इन्द्र बानियाँको वडामा एमालेको प्यानलै विजयी

इकागज | जेठ ३, २०७९

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । 

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । 

अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

डडेल्धुरा भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

इकागज | जेठ ३, २०७९

डडेल्धुरा–डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेद...

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

इकागज | जेठ ३, २०७९

डडेल्धुरा–डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेद...

काठमाडौँको उपमेयरमा सुनिता डंगोल ७ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

इकागज | जेठ ३, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा उपमेयरका नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत ल्याएकी छन् । ने...