रोजगारी

ईपिएस शाखाले भन्यो - कामदारको फाइल कोरिया नपठाएको र कोटासमेत कटौती गरेको हल्लाको पछि नलाग्नू

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - कोरिया जाने कामदारको कोटा कटौती भएको भन्ने हल्लाप्रति ईपिएस कोरिया शाखाले ध्यानाकर्षण भएकाे जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग ईपिएस शाखा कोरियाले यस्तो जनाएको हो । 

केही दिनदेखि सामाजिक सञ्जालमा कोरियन भाषा परीक्षा उतीर्ण गरेका कामदारहरूको फाइल ईपिएस शाखा कोरियाले नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती गरेको हल्लाप्रति ईपिएस शाखा कोरियाले ध्यानाकर्षण भएको जनाएको छ । यस्ता तथ्यहीन र आधारहीन भ्रमप्रति विश्वास नगर्न वैदेशिक रोजगार विभाग ईपिएस शाखाले अनुरोध गरेको छ । 

'ईपिएसमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झाैता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थितरुपमा जी टु जी माध्यमबाट हुने  हुँदा कुनै पनि तथ्यहीन, आधारहीन भ्रामक र कपोकल्पित हल्लाको पछाडि नलाग्न र कोही कसैलाई प्रेरित नगर्न पनि ईपिएस कोरिया शाखाले सबैलाई अनुरोध गरेको छ', विज्ञप्तिमा भनिएको छ । 

केही दिनदेखि सामाजिक सञ्जालमा कोरिया लाने कामदार कटौती गरेका,ृ भाषा परीक्षा पास भएकाको फाइल कोरिया नपठाएको हल्लाहरु फैलिएको थियो । 

नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा बर्सेनि १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा ईपिएसमार्फत लगभग २१ हजार श्रमिक दक्षिण कोरिया गएका थिए । सन् २०२४ का लागि एक लाख ६५ हजार कोटा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएको छ । 

ईपिएस अन्तर्गतका नेपालसहित १६ देशका लागि सो कोटा निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले ३० हजार पाउने इपिएस शाखाले जनाएको छ ।

साउदी अरबका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग, नहटाए आन्दोलनको चेतावनी

इकागज | पुस २३, २०८०

काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि ...

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै

इकागज | कात्तिक २४, २०८०

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्...

एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ – नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य ...

भारतमा मजदुरी गर्नेहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु ?

शेरबहादुर सिंह | असोज २६, २०८०

नैनीताल (भारत)- कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटक...

९२ प्रतिशत श्रमिक सीप तथा तालिमबिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रम सचिव भण्डारी

इकागज | असोज १३, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारी...