परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक माग
काठमाडौँ- सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशकको माग गरेको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिसले कार्यकारी निर्देशकको आवेदन माग गरेको हो ।
सूचना प्रकाशित भएको १५ दिन भदौ ४ गतेसम्म इच्छुक उम्मेदवारलाई आवेदन दिइ सक्नुपर्नेछ । परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा, सिंहदरबार काठमाडौँमा गोप्य रूपमा सिलबन्दी गरेर आवेदन दिनुपर्नेछ ।