रोजगारी

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई दुई करोड ५२ लाख क्षतिपूर्ति

इकागज | असार १४, २०७९

मकवानपुर - मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
 
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असुलउपर गर्न बाँकी रहेको सो रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको हो । 

हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि सो केन्द्रको सहयोगमा क्षतिपूर्ति उपलब्ध गराइएको हो । 

केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा उक्त परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ ।   

सुदूरपश्‍चिम लोकसेवा आयोगद्वारा इन्जिनियरिङ्गका लागि चौथो र पाँचौ तह पदमा आवेदन माग

इकागज | असार ८, २०७९

काठमाडौँ- सुदूरपश्‍चिमको प्रदेश लोकसेवा आयोगले निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ्गका लागि...

मलेसियामा काम गर्ने नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन  श्रम मन्त्रीको प्रस्ताव

इकागज | बैशाख १८, २०७९

काठमाडौं – मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्त...