रोजगारी

मलेसियन कम्पनीले शून्य लागतमा कामदार लैजाने

इकागज | भदौ २, २०७९

काठमाडौँ - वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।

मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे ।  सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उनको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ ।

सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताए । 

नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उनले जानकारी दिए ।  नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् । 

ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए ।  आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताए । 

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

इकागज | साउन २६, २०७९

कैलालीमा बाढीको जोखिममा परेकालाई राहत टीकापुर - विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअ...

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक माग

इकागज | साउन २२, २०७९

काठमाडौँ- सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशकको माग गरेको छ । परराष्ट्र मामिला...

नेपाली युवालाई रोजगारीका लागि जापान लैजानेबारे छलफल गर्न भोलि संयुक्त कार्यसमितिको बैठक बस्दै

इकागज | साउन १८, २०७९

काठमाडौँ - नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकर...

वैदेशिक रोजगारीमा रहेकालाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने

इकागज | साउन ५, २०७९

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई...

औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको भाषा परीक्षा साउन २ गतेबाट

इकागज | असार २८, २०७९

काठमाडौँ- औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको लागि भाषा परीक्षा साउन २ गतेबाट भदौ ९ गतेसम्म हुने भ...

इजरायली दूतावासले भन्योः केयर गिभरमा जाने प्रक्रिया अगाडि बढ्यो, व्यक्तिगत विवरण अद्यावधिक गर्नू

इकागज | असार १६, २०७९

काठमाडौँ- इजरायलले रोकिएको 'केयर गिभर' कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । नेपालस्थित इ...