एक सातासम्म बुटवल आसपासमा विद्युत् सेवा अवरुद्ध हुने

इकागज | माघ २६, २०७९

बुटवल - बुटवल आसपास क्षेत्रमा आजदेखि एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

युरोपेली युनियनको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजनाको स्थलगत निरीक्षण

इकागज | माघ २४, २०७९

काठमाडौं - युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण...

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण सुरु

इकागज | माघ १३, २०७९

खोटाङ। अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारण लाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका...

एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ: राज्यमन्त्री सिंह

इकागज | माघ ११, २०७९

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनि...

काठमाडौंको बिजुली व्यवस्थित गर्न तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन

इकागज | माघ ११, २०७९

काठमाडौँ - काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्...

जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्द्धन गर्न प्रयासरत : मन्त्री लिङ्देन

इकागज | माघ ११, २०७९

काठमाडौँ - उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधा...