निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : अध्यक्ष ढकाल

इकागज | चैत ३०, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताएका छन् ।

बिहीबार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताए । उनले जिल्ला नगरबाट आएको यस्ता मागहरू तत्काल समाधान गर्ने पनि उल्लेख गरे ।

पछिल्लो समय कोरोना महामारी लगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने उनले बताए । महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।

अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले महासंघको आफ्नो  कार्यकालमा केही न केही सुधार गर्ने बताए । उनले चुनावसम्म पक्ष–विपक्ष भए पनि अब सबै एक भएर महासंघलाई सुधार गर्ने बताए ।

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गरे । उनले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहँदा गर्नसक्ने उदाहरण बनेको बताए ।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन भएका हुन् । उनले आजै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षलाई पद तथा गोपनीयताको शपथ पश्चात बोल्दै निवर्तमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिबद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

उद्योग वाणिज्य महासंघ गण्डकीले वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्...

मह आयात रोक्न माग

इकागज | चैत १४, २०७९

भरतपुर - स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७...