बैंक तथा वित्तीय संस्था ‘शत्रु’ भयाे : दुर्गा प्रसाई

इकागज | फागुन २१, २०७९

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘शत्रु’को संज्ञा दिएका छन् ।​

आइतबार काठमाडौंको माइतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरूले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरूको विरोधमा आन्दोलनको नै सुरुवात गर्नु परेको उनले जिकिर गरे ।

प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्ने सूचना आफूले पाएको दाबी समेत गरे । उनले भने, ‘बैंक, लघुवित्त, सहकारीहरूले साथ दिने होइन, शत्रुका रूपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरूले पुर्‍याए । त्यसो भएपछि आफूहरूले आन्दोलन नै सुरु गर्नु पर्‍यो ।’​

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । त्यस क्रममा उनका समर्थकहरूले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकिर गर्दै प्रदर्शन गरेका थिए । गणतन्त्रमा नेता धनी हुने, जनता बैंकहरूको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकाले आफूहरूले विरोध गर्नु परेको प्रसाईको भनाइ थियो ।

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित

इकागज | फागुन १७, २०७९

काठमाडौँ- होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित ...

आगामी पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने

इकागज | माघ २४, २०७९

काठमाडौँ - सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यस...

युट्युब हेरेरै उद्यमी बनेका भुवन बेरोजगार युवाका लागि प्रेरणाका स्रोत

इकागज | माघ १९, २०७९

बझाङ- सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलत रूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुर...

ढुवानीलाई व्यवस्थित गर्न खोज्दा सिन्डिकेटको आरोप लाग्यो

विश्वव्यापी आर्थिक मन्दीको असरले नेपाल पनि अछुतो रहने कुरा भएन । कोभिड-१९ कारण सुस्ताएको अर्थतन्त्र बिस्ता...