स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्छः उपाध्यक्ष ढकाल

इकागज | साउन ३०, २०७९

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । 

उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पर्‍याउन जरुरी रहेका बताए । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताए । 

उनले भने,‘ सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार ७५३ वटै स्थानीय तहहरुमा पुर्‍याउन जरुरी छ । अर्को स्वास्थ्यमा टेक्निकल जनशक्ति एमबीबीएस डाक्टर नभएपनि मानिसको मुटुको धड्कन छुट्याउनसक्ने स्वास्थ्य जनशक्ति आवश्यकता छ । स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिता दिनुपर्‍यो । स्वास्थ्य बीमामा केही कमजोरीहरु र सुधार गर्नुपर्ने विषयहरु छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उद्देश्य पूरा हुनसक्ने दाबी गरे । 

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारी, उद्योगमन्त्री अनुगमनमा

इकागज | साउन ११, २०७९

जनकपुर - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारख...

घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले रद्द गर्‍यो आवेदन

इकागज | असार १७, २०७९

काठमाडौँ- लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले प्रविधि सहयोग सम्बन्धि आवेदन रद्द गरेको छ । गत जे...

प्रतिष्ठानका जग्गा बिक्री गर्ने गरी कुनै पनि संस्थानलाई निजीकरण गर्न लागिएको छैन : परराष्ट्रमन्त्री

इकागज | असार १, २०७९

काठमाडाैँ - परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबर...