चैत मसान्तसम्म २३२ उद्योग दर्ता

इकागज | बैशाख २५, २०७९

काठमाडौँ - चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।

हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८÷७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । 

गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । 

चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रु दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रु एक खर्ब ३९ अर्ब थियो । हालसम्म रु २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ । रासस

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

इकागज | बैशाख १९, २०७९

म्याग्दी - मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रवि...

विद्युत आपूर्तिको समस्या समाधान नभए उद्योगहरू बन्द हुने अवस्थामा

इकागज | बैशाख १८, २०७९

काठमाडौं – विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह ...

रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न मन्त्रीको निर्देशन

इकागज | बैशाख १५, २०७९

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्...

दाँत कोट्याउने सिन्का पनि बिदेशबाट आउँछ तर हाम्रा बनका रुख कुहिएर खेर गयो – मन्त्री शर्मा

इकागज | बैशाख १२, २०७९

काठमाडौं – आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिब्रता दिइरहेको अर्थ मन्त्रालयले सोम...

युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री भुसाल

इकागज | बैशाख १०, २०७९

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विका...

उद्योग संगठन मोरङद्धारा अर्थमन्त्री र उद्योग मन्त्रीलाई दिए यस्ता सुझाव

इकागज | बैशाख ६, २०७९

काठमाडौं – उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आ...

भारतसँगको लगानी र व्यापार सहजीकरणका लागि  नेपाली निजी क्षेत्रको आग्रह

इकागज | चैत २०, २०७८

काठमाडौँ - नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले...

'अघोषित लोडसेडिङ'ले हेटौंडाका उद्योग मारमा, ५० प्रतिशतसम्म उत्पादन कटौती

सरिता दाहाल | चैत १५, २०७८

मकवानपुर - नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण विद्युत्...

वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्याप्रति सरकारको ध्यानाकर्षण

इकागज | चैत ११, २०७८

काठमाडौँ - मुलुकको ठूलो औद्योगिक लगानी भएको तथा कूल राष्ट्रिय राजस्वको झण्डै ५० प्रतिशतको योगदान पुर्&zw...