फुटबल

ए डिभिजन लिगः आर्मीमाथि एपीएफको जित

इकागज | चैत १, २०७९

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत एपीएफ फुटबल क्लबले दोस्रो जित हात पारेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा एपीएफले अर्का विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गर्‍यो ।

एपीएफलाई जित दिलाउन एकमात्र गोल मणी कुमार लामाले गरे । लामाले ३६ औँ मिनेटमा गरेको एकमात्रै गोलले एपीएफलाई महत्वपूर्ण ३ अंक दिलायो ।

जितसँगै एपीएफले चार खेलबाट ७ अंक जोडेको छ । एपीएफले यसअघि एक खेलमा जित, एक खेलमा पराजय र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । यता आर्मीको भने यो पहिलो पराजय हो । यसअघि आर्मीले एक खेलमा जित हात पार्दा दुई खेलमा बराबरी खेलेको थियो ।

हालान्डको कीर्तिमानी पाँच गोलमा सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इकागज | चैत १, २०७९

काठमाडौँ -अर्लिङ हालान्डले पाँच गोल गरेपछि इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफा...

१२ वर्ष‍पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा

इकागज | चैत १, २०७९

काठमाडौँ- इटालियन क्लब इन्टर मिलान १२ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा प्रवेश गर...

विदेशिएकाभन्दा नयाँ फुटबलरलाई मौका दिनेछुः नवनियुक्त प्रशिक्षक भिन्सेन्जो

इकागज | फागुन ३०, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एन्नेसीले नयाँ खे...

चैत ४ देखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

इकागज | फागुन २९, २०७९

मकवानपुर - आगामी चैत ४ गतेदेखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ...

जब फिफा कंग्रेसका लागि विमानस्थल पुगेका एन्फा उपाध्यक्ष घर फर्कनुपर्‍याे …

इकागज | फागुन २९, २०७९

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुवान्डामा मार्च १६ मा हुने फिफा कंग्रेसमा सहभागी हुन ...