फुटबल

रियलमाथि बार्सिलोनाको जित

इकागज | चैत ६, २०७९

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

बार्सिलोनाको जितमा सर्जियो रोबर्टो र फ्रान्क केसीइले एक-एक गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले आत्मघाती गोल गरे ।

अराउजोले नवौं मिनेटमा गरेको आत्मघाती गोलमा रियल मड्रिडले अग्रता बनाएपनि सर्जियोले ४५ औँ मिनेटमा बराबरी गोल गरे । फ्रान्कले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।

१३औँ संस्करणको साफ च्याम्पयनसीप जुन २१ देखि भारतको बेंग्लुरुमा हुने

इकागज | चैत ६, २०७९

काठमाडौँ- भारतले आगामी जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसीप फुटबल आयोजना गर्ने भएको छ । अल इन्डि...

आर्सनलको सानदार जित

इकागज | चैत ६, २०७९

काठमाडौँ- लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्...