फुटबल

पेलेको श्रद्धाञ्जलीमा नेपालमा एक हप्तासम्म फुटबल खेलअघि मौनधारण गरिने

इकागज | पुस १६, २०७९

काठमाडौँ- ब्राजिलियन महान फुटबलर पेलेको निधनको श्रद्धाञ्जलीमा एक हप्तासम्म देशभरै हुने फुटबल खेल अघि मौनधारण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार देशैभरी फुटबल खेलअघि एक मिनेट मौन धारण गरिने जनाएको हो ।

फिफाले शुक्रबार नै आफ्ना सम्पूर्ण संघहरुलाई फुटबल खेलअघि एक मिनेट मौन धारण गर्नका लागि पत्राचार गरिएको समेत एन्फाले उल्लेख गरेको छ । एन्फा महासचिव फात्मा सामोराद्वारा पठाइएको पत्रमा विश्वले फुटलबको राजा गुमाएको उल्लेख गरिएको छ ।

एन्फाले सबै जिल्ला संघ, क्लब तथा फुटबलसँग सम्बन्धित सबैलाई फुटबल खेलअघि एक हप्तासम्म मौन धारण गर्न आग्रह गरेको हो ।

ब्राजिललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

फुटबल इतिहासकै सबैभन्दा बढी तलब लिएर रोनाल्डो साउदी क्लबसँग अनुबन्ध

इकागज | पुस १६, २०७९

काठमाडौँ- क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । रोनाल्डोले सन् २०२५ स...

त्याे दिन जब मोहन बगानसँग बाल-बाल हारबाट जाेगिएकाे थियाे पेलेको क्लब

इकागज | पुस १५, २०७९

काठमाडौँ- भारतीय सहर कलकत्ताको प्रतिष्ठित इडेन गार्डेन खासगरी महत्वपूर्ण क्रिकेट खेलका क्रममा भरिभराउ हुन्...