फुटबल

इंग्लिस प्रिमियर लिग : युनाइटेडले हान्यो तीन गोल

इकागज | पुस १३, २०७९

काठमाडौँ- मार्कोस रसफोर्ड चम्किँदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए । युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे ।

खेलको १९औँ मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । रसफोर्डको पासमा मार्टिअलले २२ औँ मिनेटमा २–० को अग्रता बनाए । दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो ।

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे । जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ । पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ । 

चेल्सीको सहज जित

इकागज | पुस १३, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरे...