फिफा वेस्ट अवार्ड २०२२: मेस्सीसँगै एमबाप्पे पनि मनोनयनमा
काठमाडौँ- अर्जेन्टिनालाई फिफा विश्वकप फुटबलको उपाधि दिलाएका कप्तान लियोनल मेस्सी २०२२ फिफा वेस्ट अवार्डका लागि मनोनयनमा परेका छन् । मेस्सीसँगै अर्जेन्टिनाका जुलियन अल्भारेजसँगै फ्रान्सका करिम बेन्जेमा र कायलियन एमबाप्पे पनि मनोनयनमा परेका छन् ।
त्यसैगरी, ब्राजिलका नेयमा र भिनिसियस जुनियरसँगै इंग्ल्यान्डका जुड बेलिङघम, बेल्जियमा केभिड डी ब्रुएन, नर्वेका अर्लिङ हालान्ड, मोरक्कोका अचराफ हकिमी, पोल्यान्डका रोवर्ट लेवान्डोस्की, सेनेगलका साडियो माने, क्रोएसियाका लुका मोड्रिच तथा इजिप्टका मोहमद सालाह रहेका छन् ।
गोलरक्षकतर्फत अर्जेन्टिनाका इमिलियानो मार्टिनेज, ब्राजिलका एन्डरसन र अलिसन बेकर, मोरक्कोका यासिने बोउनोउ तथा बेल्जियमका थिबाउट कर्टोइस मनोनयनमा परेका छन् ।
प्रशिक्षकतर्फ अर्जेन्टिनाका लियोनल स्कालोनी, फ्रान्सका डिडियर डेसच्याम्प्स, इटालीका कार्लो एन्सेलोटी, मोरक्कोका वालिद रेगराउगी तथा स्पेनका पेप गार्डियोला रहेका छन् ।