फुटबल

‘कतारलाई विश्वकप आयोजनाको अधिकार दिनु गलत थियो’

इकागज | कात्तिक २३, २०७९

काठमाडौँ- फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले कतारलाई फिफा विश्वकप २०२२ को आयोजना अधिकार दिनु गल्ती रहेको बताएका छन् । सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिदाँ ८६ वर्षीय ब्लाटर अध्यक्ष रहेको बीबीसीले जनाएको छ ।

समलिंगी सम्बन्ध, मानव अधिकार तथा आप्रवासी कामदारप्रति देखाएको व्यवहारका कारण आयोजक कतारले चौतर्फी आलोचना खेपिरहेको छ ।

ब्लाटरका अनुसार उनीसँग कतारलाई सन् २०२२ को विश्वकप आयोजनाका लागि अधिकार नदिने अधिकार रहेको थियो । ब्लाटरले बीबीसीको रेडियो ५ लाइभ पोडकास्टका क्रममा उक्त भनाइ राखेका हुन् ।

ब्लाटरले फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजनाका लागि कतार सानो देश भएको समेत बताए ।

कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ ।

लेवान्डोस्की र पिकेलाई रातो कार्ड, बार्सिलोनालाई ५ अंकको अग्रता

इकागज | कात्तिक २३, २०७९

काठमाडौँ- एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्...

रियलको पहिलो हार

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भ...

विश्वकपमा टीम ब्राजिल : फिर्मिन्हो मैदान बाहिर, को-को अटाए ? (सूचीसहित)

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- स्टार अट्याकर रोबर्टो फिमिन्होलाई बाहिर राख्दै ब्राजिलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल...