फुटबल

मेस्सी र नेयमार चम्किँदा ट्रोयसको पोस्टमा पीएसजीको चार गोल

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- स्टार खेलाडीहरू लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ । 

शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अंक प्राप्त गरेको हो । 

पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए । 

ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन् । 

अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अंक छ । ट्रोयसक १३ अंक सहित ११औं स्थानमा छ ।

चेल्सी र लिभरपुल स्तब्ध

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्त...

लिभरपुल अन्तिम १६ मा

इकागज | कात्तिक १०, २०७९

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश ...

बार्सिलोनाको पोस्टमा बायर्नको तीन गोल, च्याम्पियन्स लिगबाट बाहिरियो

इकागज | कात्तिक १०, २०७९

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार ...

चेल्सी अन्तिम १६ मा

इकागज | कात्तिक ९, २०७९

काठमाडौँ- इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरण...