फुटबल

एन्फालाई खेलाडी संघको ध्यानाकर्षण पत्र

इकागज | असार ३०, २०७९

काठमाडौँ - अखिल नेपाल फुटबल खेलाडी संघले फुटबलललाई चलायमान बनाउन माग राख्दै बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा गएर नवनिर्वाचित अध्यक्ष पकंज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष विक्रम लामा, सदस्य विराज महर्जन, विकेश कुथु सहितले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानाकार्षण पत्रबाट खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई बधाई दिँदै फुटबलको पुनर्संचरना गर्न ५ बुँदे मागसहित नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने खेलाडी प्रशिक्षकबीचको विवादमा छानबिन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउन माग गरेको छ ।

खेलाडी संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।