फुटबल

महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

इकागज | साउन ८, २०७९

काठमाडौँ- फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो ।

इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । 

फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो । फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, 'हामी यहाँ इतिहास बनाउन आएका हौं ।'

खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । 

योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । 

अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।

युनाइटेडको तेस्रो जित

इकागज | साउन ४, २०७९

काठमाडौं - प्रि-सिजन टुरअन्तर्गत अष्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्...