फुटबल

नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो

इकागज | जेठ २४, २०७९

काठमाडौँ- स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ ।

सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले  ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे । 

यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।

ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।

सामाजिक सञ्जालमार्फत खेलाडीमाथि दुर्व्यवहार : यसले कस्तो असर गर्छ ?

सञ्जीव शाह | जेठ २३, २०७९

काठमाडौँ – पछिल्लो समयमा चर्चित खेलाडीहरूले समेत सामाजिक सञ्जालमार्फत दुर्व्यवहार भोग्दै आएका...

एपीएफ विजयी

इकागज | जेठ २२, २०७९

मकवानपुर - हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत एपीएफ क्लब विजय...