फुटबल

बालोन डी’ओर विजेता बेन्जेमा साउदी क्लबमा

इकागज | जेठ २४, २०८०

काठमाडौँ- बालोन डी’ओर विजेता करिम बेन्जेमा साउदी अरेवियन क्लब अल-इतिहादबाट खेल्ने सुनिश्चित भएको छ । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेन्जेमाले साउदी अरेवियन प्रो लिग विजेता अल-इतिहादसँग ३ वर्षको सम्झौता गरेका बीबीसीले जनाएको छ ।

३५ वर्षीय फ्रेन्च स्ट्राइकर बेन्जेमाले समग्रमा २५ उपाधि जितेका छन् । उनले मड्रिडका लागि पाँचवटा च्याम्पियन्स लिग तथा चारवटा स्पेनिस ला लिगाको उपाधि जितेका छन् ।

१४ वर्ष मड्रिडबाट खेलेका बेन्जेमाले स्पेनिस क्लबका लागि ३ सय ५४ गोद्य गरेका छन् । रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा बेन्जेमा पर्छन् ।

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ४ सय ५० गोल गरेका छन् । रोनाल्डो अहिले साउदी अरेवियाकै अल-नासर क्लबबाट खेलिरहेका छन् ।

साउदीको प्रो लिग उत्कृष्ट रहेको तथा राम्रा खेलाडीहरु पनि रहेको बताउँदै बेन्जेमाले युरोपजस्तै साउदीमा पनि उपाधि जित्ने विश्वास व्यक्त गरे ।

रियल मड्रिडका भिनिसियसविरुद्ध रंगभेदी नारा लगाउने सात जनालाई सजाय

इकागज | जेठ २३, २०८०

काठमाडौँ- स्पेनिस ला लिग क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार ग...

एन्जे पोस्टेकोग्लो टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

इकागज | जेठ २३, २०८०

काठमाडौँ- स्कटिस फुटबल क्लब सेल्टिकका प्रशिक्षक एन्जे पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनहमको मुख्य प्रशिक्षक नियु...

यी हुन् यस सिजनका शीर्ष पाँच युरोपियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

इकागज | जेठ २२, २०८०

काठमाडौँ- अर्लिङ हालान्ड, रोबर्ट लेवान्डोस्की, क्रिस्टोफर एनकुन्कु र निक्लास फुलक्रग, भिक्टर ओसिमेंन र कायलि...

मेस्सीमात्रै होइन, विश्वकप र च्याम्पियन्स लिग जितेका अन्यलाई पनि भित्र्याउने साउदीको प्रयास

इकागज | जेठ २२, २०८०

काठमाडौँ- साउदी अरेवियको प्रो लिग खेल्ने फुटबल क्लबहरूले विश्वकप तथा युरोपियन च्याम्पियन्स लिग जितेका कै...