फुटबल

फिफा अध्यक्ष चाहन्छन्: दुर्व्यवहार भए रेफ्रीले फुटबल खेल रोकोस्

इकागज | असार १, २०८०

काठमाडौँ- फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलमा दुर्व्यवहारलाई लिएर शून्य सहनशीलता अपनाउनुपर्ने तथा त्यस्ता क्रियाकलाप भए रेफ्रीले तत्कालै खेल रोक्नुपर्ने बताएका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनियरसँगको भेटपछि इन्फान्टिनोले रंगभेदी दुर्व्यवहार गर्नेहरु अपराधि भएको बताउँदै यसलाई लिएर जिम्मेवार पदाधिकारीहरुले जिम्मेवारी आफ्नो काँधमा लिनुपर्ने बताएको अल-जजिराले जनाएको छ ।

जुनियरले गत महिना स्पेनिस ला लिगाअन्तर्गत रंगभेदी दुर्व्यवहार भोगेको आरोप लगाएका थिए । उनले वर्षभरी नै दुर्व्यवहार भोगेका थिए ।

‘रंगभेदी भेदभाव र भेदभावको बारेमा कुरा गर्नु मात्रै होइन, निर्णायक र विश्वस्त ढंगले कारबाही गर्नु धेरै महत्त्वपूर्ण छ - शून्य सहनशीलता,’ बार्सिलोनामा भिनिसियस र ब्राजिल टिमका बाँकी सदस्यलाई भेटेपछि इन्फान्टिनोले भने ।

‘दुर्व्यवहार भयो भने त्यहाँ फुटबल हुँदैन । त्यसैले खेल रोक्नुहोस । फिफासँग सम्बन्धित खेलमा रेफ्रीसँग खेल रोक्ने प्रकृया छ । तथा रेफ्रीहरु जुनसुकै स्तरमा उक्त विषयमा निर्णय लिन सक्छन्,’ उनले थपे ।

कतारी शेखले खरिद गर्ने चर्चाबीच म्यानचेस्टर युनाइटेडको सेयर १० प्रतिशतले बढ्यो

इकागज | असार १, २०८०

काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडको पूर्ण स्वामित्व कतारी बैँकर शेख जसिमले लिने चर्चा चले...

अर्जेन्टिनाको जितमा मेस्सीले गरे करियरकै सर्वाधिक छिटो गोल

इकागज | असार १, २०८०

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गर्दा अर्जेन्टिनी कप्तान ...

फिलिपिन्सविरुद्ध ४१ वर्षअघिको नतिजा दोहोर्‍याउने दाउमा नेपाल

कुमार थापा | जेठ ३२, २०८०

काठमाडौँ– फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग खे...

गोल सेलिब्रेट गर्दै भारतीय कप्तान क्षेत्रीले दिए श्रीमती गर्भवती भएको जानकारी

इकागज | जेठ ३०, २०८०

काठमाडौँ- भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले आफ्नी श्रीमती गर्भवती भएको जानकारी गराउन नौलो तरिक...