फुटबल

क्रिस्टियानो रोनाल्डोको अल-नासरले नयाँ खेलाडी दर्ता गर्न नपाउने

इकागज | असार २७, २०८०

काठमाडौँ- क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरेबियन क्लब अल-नासरले कुनै पनि नयाँ खेलाडीलाई अनुबन्ध गर्न नपाउने भएको छ ।

साउदी क्लबले इंग्लिस क्लब लेस्टर सिटीलाई अहमद मुसाको लागि सम्झौतामा रहेको ‘एड-अन्स’ अर्थात् थप रकम तिर्न असफल भएपछि फिफाले प्रतिबन्ध लगाएको डेली मिररले जनाएको छ ।

फिफाको आधिकारिक निर्णयअनुसार साउदी टोलीले मुसा सम्बन्धी बोनसमा ४ लाख ६० हजार यूरो र त्यसमा लाग्ने थप ब्याज तिर्न असफल भएको बताईएको छ ।

यसअघि नै सन् २०२१ मा अल-नासरलाई भुक्तानी नगरेमा खेलाडी दर्ता गर्न नपाउने चेतावनी दिईएको थियो । तर उक्त चेतावनीको वेवास्ता गरेर भुक्तानी नगरेपछि अल-नासरलाई खेलाडी थप्न वञ्चित गरिएको हो ।

फिफाको आधिकारिक निर्णयमा जनाइएअनुसार प्रतिबन्ध तीन सिजनको ‘ट्रान्सफर विन्डो’को लागि रहनेछ ।

प्रतिबन्धको अन्त्यसम्ममा पनि लेस्टरलाई भुक्तानी नगरेको खण्डमा अल-नासरविरुद्ध फिफा अनुशासन समितिमा मुद्दा चलाइने पनि बताईएको छ ।

यता साउदीको पब्लिक ईन्भेस्टमेन्ट फन्ड (पीआईएफ) ले प्रतिबन्ध हटाउनका लागि शुल्क तिर्न तयार रहेको स्पष्ट पारेको छ ।

मपान्जु एउटै क्लबबाट इंग्लिस फुटबलको शीर्ष पाँच डिभिजन खेल्ने पहिलो खेलाडी

इकागज | असार २६, २०८०

काठमाडौँ- इंग्लिस क्लब लुटन टाउन एफसीका पेली रुडाँक मपान्जु एउटै क्लबबाट इंग्लिस फुटबलको शीर्ष पाँच डिभ...

पीएसजीले भित्र्यायो बायर्न म्युनिखका डिफेन्डर हर्नान्डेज

इकागज | असार २५, २०८०

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका डिफेन्डर लुकास...

करिब ४० वर्षपछि इंग्ल्यान्डले जित्यो युरोपियन च्याम्पियनसीप

इकागज | असार २४, २०८०

काठमाडौँ- इंग्ल्यान्डले युरोपियन यू-२१ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ । इंग्ल्यान्डले करिब ४० वर्षपछ...

३८ वर्षकै उमेरमा ११ देशमा फुटबल प्रशिक्षक बनिसकेका भिन्सेन्जो

इकागज | असार २३, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसले भर्खरै ३८ औं जन्मदिन ...