फुटबल

मियामीद्वारा २० हजार दर्शकसामू मेस्सी सार्वजनिक

इकागज | साउन १, २०८०

काठमाडौँ- इन्टर मियामीले विशेष कार्यक्रमकाबीच अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीलाई नयाँ खेलाडीको रूपमा सार्वजनिक गरेको छ ।

मियामीको डीभीआर पीएनके स्टेडियममा आइतबार आयोजित भव्य कार्यक्रममा सात पटकका बालोन डी'ओर विजेतालाई सार्वजनिक गरिएको थियो ।

करिब २ घण्टा ढिलो गरी सुरु भएको कार्यक्रममा मेस्सीको झल्को पाउन करिब २० हजार दर्शकले मुसलधारे पानी र चट्याङको वेवास्ता गरेका थिए ।

विश्वकप विजेता मेस्सीले सन् २०२५ को अन्त्यसम्म मेजर लिग सकर (एमएलएस) क्लब मियामीबाट खेल्नेछन् ।

मियामीमा मेस्सीले बार्सिलोनामा सँगै खेलेका डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्ससँगै खेल्नेछन् । बुस्केट्सले पनि मियामीमा २०२५ सम्म खेल्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

बार्सिलोनाका पूर्व कप्तानलाई पनि आइतबार राति सोही कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।

मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

इकागज | असार ३०, २०८०

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोना...

डेक्लन राइसलाई बेच्न वेस्टह्यामले गर्‍यो सम्झौतापत्रमा हस्ताक्षर

इकागज | असार ३०, २०८०

काठमाडौँ- वेस्टह्यामले आफ्ना मिडफिल्डर तथा कप्तान डेक्लन राइसलाई बेच्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ...

६ वर्षकै उमेरमा यौन दुर्व्यवहारको सिकार भएको एभर्टनका डेलेको खुलासा

इकागज | असार २९, २०८०

काठमाडौँ- इंग्लिस फुटबल क्लब एभर्टनका मिडफिल्डर डेले अलीले आफू ६ वर्षकै उमेरमा यौन दुर्व्यवहारको सिकार भ...

मेस्सी भन्छन्- अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन

इकागज | असार २७, २०८०

ब्युनस आयर्स- अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने ...