फुटबल

महिला विश्वकपः न्यूजिल्यान्डका खेलाडीलाई लक्षित गरी होटलमा आगजनी गरिएको आशंका

इकागज | साउन ७, २०८०

काठमाडौँ- फिफा महिला विश्वकपका लागि आयोजक न्यूजिल्यान्डका खेलाडीहरू बसेको होटलमा उनीहरुलाई लक्षित गरेर आगजनी गरिएको आशंका गरिएको छ ।

शनिबार राति आगलागी भएपछि होटल खाली गरेर टोलीलाई न्यूजिल्यान्डको छुट्टै शहरमा सारिएको थियो र केही समयपछिमात्र होटलमा फर्कन अनुमति दिइएको बीबीसीले जनाएको छ ।

तर न्यूजिल्यान्ड फुटबलले त्यो घटनाक्रमको बारे विज्ञप्तिमा जारी गर्दै आगलागी फिफा वा फिफा महिला विश्वकपलाई लक्षित गरी नलगाइएको दावी गरेको छ ।

फ्यान पार्कमा सयौँ फुटबल समर्थकहरू भेला भएको ठाउँ नजिकै गोली चल्दा दुई जनाको ज्यान गएको र छ जना घाइते भएको घटनाको दुई दिनपछि यो घटना भएको हो ।

न्यूजिल्यान्डले बिहीबार इडेन पार्कमा ४२ हजर १३७ समर्थकको उपस्थितिमा नर्वेलाई १-० ले हराएर प्रतियोगिताको इतिहासमा पहिलो जित निकलेको थियो।

महिला विश्वकपः एक गोलले पछि परेको स्विडेनले दक्षिण अफ्रिकालाई हरायो

इकागज | साउन ७, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै स्विडेनले दक्षिण अ...

जापान-दक्षिण कोरिया भ्रमणका लागि टिममा नपरेका एमबाप्पेलाई बेच्दै पीएसजी

इकागज | साउन ६, २०८०

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर काएलियन एमबाप्पेलाई जापान र दक्षिण क...

पीएसजीका गोलकिपर डोनारुमाको पेरिसस्थित आफ्नै घरमा आक्रमण र लुटपाट

इकागज | साउन ५, २०८०

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी डोनारुमाको पेरिसस्थित आफ्नै घरम...