फुटबल

फिफा विश्वकपः डेनमार्कमाथि इंग्ल्यान्डको जित

इकागज | साउन १२, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा आज भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो । यससँगै इंग्ल्यान्डको अन्तिम १६ को सम्भावना बलियो भएको छ ।

यता पहिलो खेलमा चीनलाई १-० ले पराजित गरेको डेनमार्कले भने प्रि-क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाउने अवसर गुमाएको छ ।

आजको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन लाउरेन जेम्सले छैटौं मिनेटमा निर्णायक गोल गरिन् ।   

फिफा विश्वकप : डेनमार्कविरुद्ध इंग्ल्यान्डका खेलाडीले किन लगाए कालो पट्टी ?

इकागज | साउन १२, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्डका खेलाडीहरूले डेनमार्कविरुद्ध कालो पट्टी बाँधेर मैद...