फुटबल

सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले अंक बाँड्यो

इकागज | साउन ५, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत क्रिस्टिन सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले १० खेलाडीमा सिमित नाइजेरियासँग अंक बाँडेको छ ।

अस्ट्रेलियाको मेलबर्न रेक्ट्याङगुलर स्टेडियममा समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा क्यानाडा र नाइजेरियाले गोल रहित बराबरी खेलेका हुन् ।

५० औँ मिनेटमा क्यानाडाकी सिंक्लेयरले गरेको पेनाल्टी प्रहारलाई नाइजेरियाकी गोलरक्षक चियामाका नाडोजिइले उत्कृष्ट बचाउँ गरेकी थिइन् ।

यससँगै सिंक्लेयर ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउन सकिनन् ।

नाइजेरिया दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । नाइजेरियाकी अवियोडनले रातो कार्ड खाएकी थिइन् । 

यस समूहमा अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गरेको थियो ।

महिला विश्वकप फुटबल : इतिहास रच्दै नर्वेमाथि आयोजक न्यूजिल्याण्डको विजयी सुरुवात

इकागज | साउन ४, २०८०

काठमाडाैं । अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजना भइरहेको महिला विश्वकप फुटबलमा आयोजक न्यूजी...

बलात्कारको आरोपमा सफाइ पाएका सिटीका पूर्व डिफेन्डर मेन्डी फ्रेन्च क्लबमा अनुबन्धित

इकागज | साउन ३, २०८०

काठमाडौँ- म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर बेन्जामिन मेन्डी बलात्कारको आरोपमा सफाइ पाएको पाँच दिनपछि नै...

रासफोर्डले २०२८ सम्म म्यानचेस्टर युनाइटेडबाटै खेल्ने

इकागज | साउन ३, २०८०

काठमाडौँ- इंग्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता गरेका छन्...