फुटबल

रियल मड्रिडका प्रशिक्षक एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने

इकागज | असार २०, २०८०

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी सन् २०२४ मा ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् । इटालिका एन्सेलोटी सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिताबाट ब्राजिलको प्रशिक्षक जिम्मेवारी सम्लानेछन् ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का अध्यक्ष एडनाल्डो रोड्रिग्सले आगामी वर्षको जुन र जुलाईमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने कोपा अमेरिकाबाट एन्सेलोटी ब्राजिलको प्रशिक्षक बन्ने औपचारिक घोषणा गरेका मड्रिडमा आधारित पत्रिका मार्काले जनाएको छ ।

सीबीएफले विज्ञप्ति जारि गर्दै फर्नान्डो दिनिज (फ्लुमिनेन्स) ले एन्सेलोटी नहुँदासम्म पाँच पटकको विश्व च्याम्पियनको नेतृत्व गर्ने बताएको छ । ६४ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीको रियल म्याड्रिडसँग सन् २०२४ को जुनसम्मको सम्झौता रहेको छ ।

डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि सन् २०१६ देखि जिम्मेवारीमा रहेका ब्राजिलियन प्रशिक्षक टिटेले आफ्नो जिम्मेवारी त्यागेका थिए ।

लिभरपुलका पूर्व मिडफिल्डर जेरार्ड साउदी क्लबको प्रशिक्षक नियुक्त

इकागज | असार १९, २०८०

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर स्टेभेन जेरार्ड साउदी अरेबियन क्लब अल-इत्तिफाकको मुख्य प्रशिक्षक...

बार्सिलोना, चेल्सी र आर्सनलका पूर्व मिडफिल्डर फाब्रिगासले लिए सन्यास

इकागज | असार १७, २०८०

काठमाडौँ- बार्सिलोना, चेल्सी र आर्सनलका पूर्व मिडफिल्डर सेस्क फाब्रिगासले ३६ वर्षको उमेरमा व्यावसायिक फुटब...

विश्वकप छनोटको बन्द प्रशिक्षणलाई भिन्सेन्जो बोलाए ३० खेलाडी

इकागज | असार १७, २०८०

काठमाडौँ- नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले फिफा विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि प्रारम्...

रंगभेदी दुर्व्यवहार गरेको आरोपमा पीएसजीका प्रशिक्षक गाल्टियर पक्राउ

इकागज | असार १६, २०८०

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियर र उनका छोरा जोन भाल...

मेस्सी बने युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट गोल गर्ने खेलाडी

इकागज | असार १५, २०८०

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२/२३ सिजनको युइएफए च्याम्पियन्स लिगको उत्कृष्...

बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके पीएसजीको प्रशिक्षक बन्ने

इकागज | असार १५, २०८०

काठमाडौँ- बार्सिलोना र स्पेनिस राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक लुइस एनरिके फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (...

म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर माउन्टलाई भित्र्याउँदै

इकागज | असार १५, २०८०

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर मासोन माउन्टलाई भित्र्याउने भएको छ । युनाइटेडले इंग्ल्...