फुटबल

नेपालीमुलका स्ट्राइकर किबानले इंग्ल्यान्डको चौथो डिभिजनको फुटबल खेल्ने

इकागज | असार १०, २०८०

काठमाडौँ- नेपालीमुलका स्ट्राइकर किबान राईले इंग्ल्यान्डको चौथो डिभिजनको फुटबल लिग (इएफएल लिग-२) खेल्ने भएका छन् । किबानसँग सम्झौता आगामी सिजनका लागि सम्झौता भएको न्यूपोर्ट काउन्टी एएफसीले जनाएको छ ।

न्यूपोर्टले जनाएअनुसार लिग-२ खेल्ने किबान नेपाली मुलका पहिलो खेलाडी बन्नेछन् । वेल्सको ब्रेकन निवासी १८ वर्षीय किबान सन् २०२१ मा न्यूपोर्टको एकेडेमी आएका थिए ।

छात्रवृत्ति पाएर क्लबमा भित्रिएका किबानले उत्कृष्ट प्रदर्शन गर्नुका साथै फुटबलप्रति देखाएको लगावका कारण उनीसँग व्यावसायिक सम्झौता गरिएको क्लबले जनाएको छ ।

क्लबको सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि किबानसँग मुख्य प्रशिक्षक ग्राहम कोफलिन प्रभावित भएका थिए र क्लबले उनीसँग सम्झौता गरेको हो ।

ग्राहमले जनाएअनुसार किबानले एकेडेमीमा आफूलाई प्रभावित पारेको तथा उनले क्लबको पहिलो टिमसँग महिनौ अभ्यास गरेका थिए । गत वर्ष उनले क्रेउविरुद्ध मैदान समेत उत्रिएका थिए ।

सम्झौतापछि किबानले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

भारतसँग नेपाल पराजित

इकागज | असार ९, २०८०

काठमाडौँ- १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल आयोजक भारतसँग पराजित भएको छ । बैंगलोरस्...

बार्सिलोनाका पूर्व कप्तान बुस्केट्स मेस्सीसँगै मियामीमा

इकागज | असार ९, २०८०

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका ३४ वर्षीय पूर्व कप्तान सर्जियो बुस्केट्सले लियोनल मेस्सीसँग अमेरि...

भारतविरुद्धको खेल फाइनलसरह हुनेछ : नेपाली प्रशिक्षक भिन्सेन्जो

इकागज | असार ८, २०८०

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले भोलि (शनिबार) आयोजक ...

साफ च्याम्पियनसीपः पहिलो हाफमै नेपालविरुद्ध कुवेतलाई २ गोलको अग्रता

इकागज | असार ६, २०८०

काठमाडौँ- भारतमा बुधबारबाट सुरु भएको साफ च्याम्पियनसीप फुटबलको पहिलो खेलमा कुवेतविरुद्ध नेपाल पछि पर...

साफ च्याम्पियनसीपः यस्तो छ विश्वकप खेलेको कुवेतविरुद्ध नेपालको सुरुवाती-११

इकागज | असार ६, २०८०

काठमाडौँ- भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपअन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालले आफ्नो सुरु...