फुटबल

आयोजक अस्ट्रेलिया र नाइजेरिया प्रि-क्वार्टरफाइनलमा

इकागज | साउन १५, २०८०

काठमाडौँ- आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता तथा नाइजेरिया उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

यस समूहअन्तर्गत आज भएको खेलमा नाइजेरिया र आयरल्यान्डले बराबरी खेल्दा आयोजक अस्ट्रेलियाले क्यानाडालाई ४-० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरे ।

अस्ट्रेलियाको जितमा हेले रासोले २ गोल र मेरी फोलर र स्टेफ क्याटलीले १-१ गोल गरिन् । त्यसतै नाइजेरिया र आयरल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकियो ।

अस्ट्रेलियाले ३ खेलमा ६ अंक र नाइजेरियाले ३ खेलमा ५ अंक जोड्दै समूह चरण पार गरे ।

स्विट्जरल्यान्ड र नर्वे प्रि-क्वार्टरफाइनलमा, आयोजक न्यूजिल्यान्ड बाहिर

इकागज | साउन १४, २०८०

काठमाडौँ- स्विट्जरल्यान्ड र नर्वे फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । स्विट्जरल्यान्ड सम...