टोटेनहमले भित्र्यायो अर्जेन्टिनाका अलेजो र नेदरल्यान्ड्सका मिक्की
काठमाडौँ- इंग्लिस क्लब टोटेनहमले दुई नयाँ खेलाडी भित्र्याएको छ । टोटेनहमले नेदरल्यान्ड्सका यू-२१ टिमका डिफेन्डरु मिक्की भान डी भेन र अर्जेन्टिनाका यू-२० फरवार्ड अलेजो भेलिजलाई भित्र्याएको बीबीसीले जनाएको छ ।
२२ वर्षीय मिक्कीलाई उल्भ्सवर्गबाट ४० मिलियन युरोमा भित्र्याएको हो । १९ वर्षीय भेलिजलाई भने १३ मिलियन पाउन्डमा भित्र्याएको हो ।
टोटेनहमले दुवै खेलाडीसँग ६ वर्षको सम्झौता गरेको हो ।