फुटबल

इंग्ल्यान्डका कप्तान ह्यारी केन बायर्न म्युनिखमा अनुबन्ध

इकागज | साउन २७, २०८०

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केन जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।

बायर्न म्युनिखले केन भित्र्याउन गरेको ११० मिलियन यूरोभन्दा बढी मूल्यको प्रस्ताव टोटनह्यामले बिहीबार स्वीकार गरेको थियो ।

केनले बायर्नसँग चार वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

३० वर्षीय केनले सामाजिक सञ्जालमा लेख्दै भन्छन्, ‘मैले आफ्नो जीवनको २० वर्ष बिताएको क्लब छोड्दा दुःख लागेको छ ।'

केनले शनिबार राति आरबी लाइपजिगविरुद्ध जर्मन सुपर कपमा बायर्नमा डेब्यु गर्न सक्नेछन् ।

टोटनह्यामका लागि ह्यारी केनले ४३५ खेलमा २८० गोल गरेका थिए । उनले गत सिजन प्रिमियर लिगमा ३० गोल गरे ।

केनले प्रिमियर लिगमा ३२० खेलहरूमा २१३ गोल गर्दै अहिलेका लागि प्रिमियर लिग छाडेका छन् ।

हालान्डको दुई गोलमा साविक विजेता म्यानचेस्टर सिटीको विजयी सुरुवात

इकागज | साउन २७, २०८०

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । टर्फ म...

फिफा विश्वकपः जापान पराजित भएसँगै नयाँ विजेता बन्ने निश्चित

इकागज | साउन २६, २०८०

काठमाडौँ- अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलले नयाँ विजेता पाउने निश्चित भएको छ...

लिभरपुलले ब्राइटनका मिडफिल्डरका लागि कीर्तिमानी १११ मिलियन पाउन्ड तिर्न सहमत

इकागज | साउन २६, २०८०

काठमाडौँ- लिभरपुलले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई भित्र्याउन कीर्तिमानी मूल्य तिर्न सहमत भएको छ ...

महिला विश्वकपः इंग्ल्यान्डकी जेम्समाथि दुई खेलको प्रतिवन्ध

इकागज | साउन २६, २०८०

काठमाडौँ- न्यूजिल्यान्ड र अस्ट्रेलियामा संयुक्त रुपमा आयोजना भइरहेको फिफा महिला विश्वकप फुटबलअन्तर्गत रातो...

बायर्न म्युनिख र टोटनह्यामबीच केनको अनुबन्धका लागि सम्झौता

इकागज | साउन २५, २०८०

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिखले इंग्ल्यान्डका कप्तान ह्यारी केन अनुबन्ध गर्न इंग्लिस क्लब टोटनह्यामसँग सम्...

युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

इकागज | साउन २४, २०८०

काठमाडौँ- नयाँ सिजन सुरु हुनुअघिको अन्तिम खेलमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनिस क्लब बार्सिल...