फुटबल

महिला विश्वकपमा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षकले दिए राजीनामा

इकागज | भदौ १, २०८०

काठमाडौँ- न्यूजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा खराब प्रदर्शन गरेपछि अमेरिकाका मुख्य प्रशिक्षक भ्लाट्को एन्डोनोस्कीले राजीनामा दिएका छन् ।

सर्वाधिक चार पटकको विजेता अमेरिका अन्तिम १६ को खेलमा स्विडेनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

चार पटक विश्वकप जित्नुबाहेक अमेरिका अन्य विश्वकपमा कम्तिमा पनि तेस्रो हुने गरेको थियो ।

भ्लाट्कोले राजीनामा दिएपछि सहायक प्रशिक्षक ट्विला किलगोरलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।

फिफा विश्वकपः सह-आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड पहिलोपटक फाइनलमा

इकागज | साउन ३१, २०८०

काठमाडौँ- इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडिय...

साउथह्याम्प्टनका कप्तान जेम्स वार्ड-प्राउझ वेस्ट ह्याममा आवद्ध

इकागज | साउन २९, २०८०

काठमाडौँ- साउथह्याम्प्टनका कप्तान जेम्स वार्ड-प्राउझ वेस्ट ह्याममा अनुबन्ध भएका छन् । इंग्लिस क्लब वेस्ट ह्या...