फुटबल

लाइप्जिगका डिफेन्डर ग्वार्डिओल भित्र्याउन म्यानचेस्टर सिटीले ९० मिलियन यूरो तिर्ने

इकागज | साउन १८, २०८०

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिगका डिफेन्डर जोस्को ग्वार्डिओल भित्र्याउन म्यानचेस्टर सिटीले ९० मिलियन यूरो तिर्ने भएको छ।

२१ वर्षीय क्रोएसियाली डिफेन्डर ग्वार्डिओललाई ९० मिलियन यूरो तिर्न सिटी र लेपिज्गबीच सहमति भएको बीबीसीले जनाएको छ ।

सन् २०२१ मा डायनामो जाग्रेबबाट लाइप्जिगका आएदेखि ग्वार्डिओलले ८७ खेल खेलिसकेका छन् ।

सिटीले ग्वार्डिओल भित्र्याउँदा उनी प्रिमियर लिगका दोस्रो सबैभन्दा महँगो डिफेन्डर बन्नेछन् । म्यानचेस्टर युनाइटेडले सन् २०१९ मा ह्यारी म्यागुइरका लागि लेस्टर सिटीलाई एक सय एक मिलियन यूरो तिरेको थियो ।

ग्वार्डिओलले सिटीमा क्रोएसियाली अन्तर्राष्ट्रिय माटेओ कोभासिकसँग खेल्नेछन् ।

क्रोएसियाका लागि २१ खेल खेल्दा दुई गोल गरेका ग्वार्डिओलले आफ्नो देशलाई २०२२ को विश्वकपमा तेस्रो स्थान बनाउन मद्धत गरेका थिए ।

 

मेस्सीको उत्कृष्ट प्रदर्शनमा मियामी लिग्स कपको अन्तिम १६ मा

इकागज | साउन १८, २०८०

काठमाडौँ- लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकी मेजर सकर लिग्स क्लब इन्टर मियामी लिग कपको अन्तिम ...

ब्राजिल समूह चरणबाट बाहिरियो, पानामाको पोस्टमा फ्रान्सकाे ६ गोल

इकागज | साउन १७, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत ब्राजिल समूह चरणबाट बाहिरिएको छ । जमैकाविरुद्धको खेल बराबरी...

भियतनामको पोस्टमा नेदरल्यान्ड्सको ७ गोल, पोर्चुगलले साविक विजेतालाई रोक्यो

इकागज | साउन १६, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत नेदरल्यान्ड्सले भियतनामविरुद्ध गोलको वर्षा गरेको छ । समूह &...

शीर्ष श्रेणीको लिग खेल्न सावित्रा भण्डारी इजरायल प्रस्थान

इकागज | साउन १६, २०८०

काठमाडौं- नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेण...