फुटबल

जर्जियाको पोस्टमा स्पेनको सात गोल

इकागज | भदौ २३, २०८०

काठमाडौँ- युरो कप छनोटअन्तर्गत स्पेनले जर्जियामाथि शानदार जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेनले जर्जियालाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।

छनोटअन्तर्गत एक खेलमा हार बेहोरेको स्पेनको यो तीन खेलमा दोस्रो जित हो ।

शुक्रबार राति स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले ह्याट्रिक पूरा गर्दा डानी ओल्मो, निको विलियम्स र लामिने यामलले एक-एक गोल गरे । जर्जियाका सोलोमोन भिर्कभेलियाले एक आत्मघाती गोल गरे ।

यामल स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । स्पेनका लागि गोल गर्दा यामल १६ वर्ष ५७ दिनमात्र पुगेका थिए । यसअघि गाभीले स्पेनका लागि १७ वर्ष ६२ दिनको उमेरमा गोल गरेका थिए ।  

जर्जियाका जियोर्जी चाक्भेटाजले एक गोल फर्काए ।

अन्य खेलमा स्कटल्यान्डले सायप्रसलाई ३-०, पोर्चुगलले स्लोभाकियालाई १-०, क्रोएसियाले ५-० तथा बोस्निया हर्जगोभिनाले लिचेस्टाइनलाई २-१ ले पराजित गर्‍यो ।

विश्वकप छनोटः ब्राजिलको जितमा नेयमारको दुई गोल, उरुग्वेको पनि जित

इकागज | भदौ २३, २०८०

काठमाडौँ- सन् २०२६ को फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले शानदार सुरुवात गरेको छ...

चुम्बन विवादबीच स्पेनलाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षक भिल्डा बर्खास्त

इकागज | भदौ २०, २०८०

काठमाडौँ- स्पेनिस फुटबल एसोसियसनले स्पेनलाई फिफा महिला विश्वकप फुटबलको उपाधि दिलाएका मुख्य प्रशिक्षक जो...

पूर्व प्रेमिकामाथि आक्रमण गरेको आरोप लागेका एन्टोनीलाई ब्राजिलले टिमबाट हटायो

इकागज | भदौ १९, २०८०

काठमाडौँ- पूर्व प्रेमिकामाथि आक्रमण गरेको आरोप लागेका विंगर एन्टोनीलाई ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट ...

मेस्सीसँगै आफूले पीएसजीमा निकै कठिन समय बिताएको नेयमारको भनाइ

इकागज | भदौ १८, २०८०

काठमाडौँ- ब्राजिलियन खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्ना साथी लियोनल मेस्सी...