फुटबल

मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड, अमेरिका र जापान विजयी

इकागज | भदौ २७, २०८०

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्ड, अमेरिका र जापान विजयी भएका छन् ।

इंग्ल्यान्डले स्कटल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो । इंग्ल्यान्डको जितमा फिल फोडेन, जुन वेलिङ्घम र कप्तान ह्यारी केनले एक-एक गोल गरे । इंग्ल्यान्डकै ह्यारी मागुइरेले एक आत्मघाती गोल गरेका थिए ।

यता जापानले भने टर्कीलाई ४-२ ले हरायो । जापानका लागि केइटो नाकामुराले २ तथा अट्सुकी इटो र जुन्या इटोले एक-एक गोल गरे । टर्कीका लागि ओजान कावेक र बेर्टुग ओजगुरले एक-एक गोल फर्काए ।

अमेरिकाले ओमानलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । अमेरिकाको जितमा फोलारिन बालोगन, ब्रेन्डन आरोन्सन र रिकार्डो पेपीले एक-एक गोल गर्दा ओमानका खालिद अल-ब्राइकीले एक आत्मघाती गोल गरे ।

 

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता

इकागज | भदौ २५, २०८०

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्ती...

आफ्नै खेलाडीको ओठमा चुम्बन गरेका लुइसले अध्यक्ष पदबाट दिए राजीनामा

इकागज | भदौ २५, २०८०

काठमाडौँ- आफ्नै खेलाडीको ओठमा चुम्बन गरेर विवादित बनेका स्पेन फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले पदबाट...