मन्त्रिपरिषद् बैठक
नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय
काठमाडौँ– सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने निर्णय गरेको छ ।
असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।
यस्तै सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्यादसमेत आगामी असोज २५ गतेसम्म थप्ने निर्णय गरेको छ ।