सरकार

टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न सरकारले बनायो समिति

इकागज | साउन २४, २०८०

काठमाडौँ - एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए । 

गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।

त्यस्तै कारागार कार्यालय सङ्खुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको आज कारागारभित्रै मृत्यु भएका सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् । 

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ ।
रासस

नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन आएको छ : मन्त्री श्रेष्ठ

इकागज | साउन २४, २०८०

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियम...

सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

इकागज | साउन २३, २०८०

काठमाडौँ- नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको...

परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडि बढेको छ : मन्त्री साउद

इकागज | साउन २१, २०८०

काठमाडौँ- परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय ए...

विश्व बैकबाट दुई अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

इकागज | साउन १८, २०८०

काठमाडौं -  सरकारले २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप...

विश्व वातावरण सुविधावापत २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनर्उत्थानका र जीवि...

सभामुखको बुँइ चढेरै दोस्रो पटक कोशी प्रदेशमा उद्धव थापाको सत्तारोहण

इकागज | साउन १६, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले गत बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको पद बदर गरिदियाे । अदालतले ...