सरकार

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

इकागज | असोज १, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताए ।
 
उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताए । उनले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गरे ।
 
हरेक वर्षको भाद्र शुक्ल तृतीयामामा मनाउने यो वर्षको अघिल्लो रात (द्वितीया) दर खाएर तीजको दिन व्रत बस्ने चलन रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले चौथीका दिन स्नान गरी ब्रतको पारण गरी खाना खाने र तीजको तेस्रो दिन (ऋषिपञ्चमी) का दिन व्रतालुहरुले दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने परम्परा रहेको बताएका छन् ।
 
तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने  र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ । “यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरुको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइ दिन्छ”, उपराष्ट्रपतिले शुभकामनामा भनेका छन्, “तर यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।”

तीजले समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् : सभामुख घिमिरे

इकागज | असोज १, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवस...

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ ३०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लाग...

अमेरिकी राष्ट्रपति बाइडनको जलपान कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

इकागज | भदौ २९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन भोलि अमेरिका जा...

चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री प्रचण्डले हाङजाओमा भेट्‌ने

इकागज | भदौ २९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ५ गते अमेरिकाको न्यूयोर्कबाट सिधै चीन जाने कार्यक्रम छ ...

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ २९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथ...

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‌ बैठक

इकागज | भदौ २९, २०८०

काठमाडौँ- आज मन्त्रिपरिषद बैठक बस्दैछ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजे...