सरकार

प्रधानमन्त्री दाहालले कहिले गर्छन् मन्त्रिपरिषद् विस्तार ?

इकागज | पुस १४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारे सामान्य छलफल भएको थियो ।

आजको बैठकमा गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो । सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभइ सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्ष स्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको स्राेतले बतायाे । 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन सांसदले समर्थन गरेका छन् । तर, सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टीबाट मात्रै मन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक सय ६९ सांसदले हस्ताक्षर गरेका छन् । तर, विश्वासको मत लिँदा त्यति संख्या रहला कि नरहला भन्ने निश्चित छैन ।

अझै १५ दिन बाँकी रहेकाले राजनीति उथलपुथल हुने सम्भावनाका कारण पनि प्रचण्ड अहिले मौन बसेका छन् । सरकार गठन गर्दै तीन जना उपप्रधानमन्त्री नियुक्त गरेपछि उनको आलोचना हुन थालेको छ । यसअघि देउवा नेतृत्वको सरकारमा एक जना पनि उपप्रधानमन्त्री बनेका थिएनन् ।

स्वीकृतिविनै कुटनीतिक नियोग र नेतासँग नभेट्न सुरक्षा निकायका पदाधिकारीलाई गृहको निर्देशन

इकागज | पुस १४, २०७९

काठमाडौं - गृह मन्त्रालयले विभागीय स्वीकृतिविना कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृ...

सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा ओली र प्रचण्डबीच छलफल

इकागज | पुस १३, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामलाई प्रभावकार...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १२, २०७९

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकार...

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

इकागज | पुस १२, २०७९

काठमाडौं - प्रधानमन्त्री र मन्त्रीहरूले सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब नल...

चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

इकागज | पुस ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको ...

प्रचण्डकाे पहिलो निर्णय : प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने

इकागज | पुस ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुद...

घनश्याम भुषालको जिज्ञासा–राजालाई केन्द्र बनाएर बालेनले किन ट्वीट गरे ?

इकागज | पुस ११, २०७९

पोखरा - खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुक...