'प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारी नहटाउनू'
काठमाडौँ- प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन पालिकाहरूलाई आग्रह गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक र प्राविधिक सहायकको करार सम्झौता पनि स्थानीय तहले भंग गरिदिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमले ध्यानाकर्षण गराएको हो ।
रोजगार संयोजक तथा प्राविधिकहरूको तलब भत्तादेखि अन्य सेवा सुविधा केन्द्र सरकारबाट दिने गरिएको उल्लेख गर्दै राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले सशर्त अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमका कर्मचारी नहटाउन बताएका छन् ।
'कानूनी प्रक्रियाअनुसार बाहेक सेवाबाट कर्मचारी नहटाउन पुन: अनुरोध गरिन्छ, 'घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।