सरकार

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १२, २०७९

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए। 

आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।

“महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरू चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ”, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासङ्घको भनाइ छ । महासङघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुहुँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए।
     
प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे ।

महासङ्घका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव राखे । 

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो । रासस
 

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

इकागज | पुस १२, २०७९

काठमाडौं - प्रधानमन्त्री र मन्त्रीहरूले सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब नल...

चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

इकागज | पुस ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको ...

प्रचण्डकाे पहिलो निर्णय : प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने

इकागज | पुस ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुद...

घनश्याम भुषालको जिज्ञासा–राजालाई केन्द्र बनाएर बालेनले किन ट्वीट गरे ?

इकागज | पुस ११, २०७९

पोखरा - खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुक...

प्रधानमन्त्री प्रचण्डले गरे ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

इकागज | पुस ११, २०७९

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय म...